Lokantar
इरानले अमेरिका र इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुज तत्काल नखोलिने स्पष्ट पारेको छ। इरानका मुख्य वार्ताकार मोहम्मद बगेर घालिबाफले अमेरिकाले इरानी बन्दरगाहहरूमा गरेको नौसैनिक नाकाबन्दीलाई 'विश्व अर्थतन्त्रलाई बन्धक बनाएको' संज्ञा दिँदै स्ट्रेट अफ हर्मुज खोल्न नसकिने बताएका हुन्। यसैबीच, इरानी सेनाले नियम उल्लंघन गरेको भन्दै स्ट्रेट अफ हर्मुजबाट दुईवटा कार्गो जहाज— 'एमएससी फ्रान्सेस्का' र 'एपामिनोन्डास'लाई नियन्त्रणमा लिएको छ। ...
Go to News Site