Lokantar
झापामा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-७ का ३० वर्षीय मुक्ति भट्टराई रहेका छन् । उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । मुक्तिले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Go to News Site