Collector
सुनौलीमा पर्यटकलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ | Collector
सुनौलीमा पर्यटकलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ
Lokantar

सुनौलीमा पर्यटकलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ

नेपाल प्रवेश विन्दु बेलहिया सुनौलीमा भारतीय पर्यटकलाई दु:ख, हैरानी दिएको आरोपमा ३ जना पक्राउ परेका छन् । नेपाल-भारत अन्तर्राष्ट्रिय सिमानामा दु:ख र हैरानी पुर्‍याउने तीन जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय कोनिरज हरिजन, सोही ठाउँका ३२ वर्षीय बैजु कलवार र भारतको महाराजगञ्ज सुनौली बस्ने २७ वर्षीय मुलायम यादव रहेका छन् ।  बेलहिया स्थलमार्गबाट नेपाल धेरै पर्यटक भित्रिने नाकामध्ये पर्छ । 

Go to News Site