Collector
सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? | Collector
सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
Lokantar

सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको भाउ घटेको छ । सुनको मूल्य आज प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।  बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।  यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला पाँच हजार २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

Go to News Site