Collector
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने भनिएको निर्वाचन स्थगित | Collector
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने भनिएको निर्वाचन स्थगित
Lokantar

कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने भनिएको निर्वाचन स्थगित

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज हुने भनिएको निर्वाचन स्थगन भएको छ । सहमतिमै नेता चयन गर्ने प्रयास स्वरूप निर्वाचन प्रक्रिया स्थगित भएको हो । सहमतिका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा समिति समेत गठन भएको छ । यसअघि निर्वाचन प्रक्रियाको जिम्मेवारी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीसहित केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाललाई दिएको थियो । ३८ सांसद रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेतामा अर्जुननरसिंह केसी‚ भीष्मराज आङ्देम्बे र मोहन आचार्यबीच भिडन्त हुने बुझिएको छ ।

Go to News Site