Collector
तनहुँको शेराफाँटमा बस दुर्घटना, २७ जना घाइते | Collector
तनहुँको शेराफाँटमा बस दुर्घटना, २७ जना घाइते
Lokantar

तनहुँको शेराफाँटमा बस दुर्घटना, २७ जना घाइते

तनहुँको शेराफाँटमा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग २ ख १८३६ नम्बरको बस शुक्रबार दिउँसो तनहुँको शेराफाँटमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा घाइते भएकालाई जीपी कोइराला स्वासप्रश्वास केन्द्रमा लगिएको छ । उनका अनुसार चालकसहित २७ जना घाइते भएका छन् । घाइतेहरूको उपचार जारी छ । थप विवरण आउन बाँकी छ ।

Go to News Site