Lokantar
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो । सरकारी बोलपत्रको वेबसाइटमा अनधिकृत पहुँच पुर्याएर ठेक्का हात पारेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीका एआईजी मनोज केसीले जानकारी दिए । राप्रपा नेता पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक समेत हुन् । उनी २०७९ सालमा शहरी विकास मन्त्री भएका थिए ।
Go to News Site