Lokantar
इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकासँगको वार्तामा कडा अडान लिएका छन् । उनले जबसम्म अमेरिकी नाकाबन्दी र दबाब जारी रहन्छ तबसम्म प्रत्यक्ष वार्ता असम्भव रहेको बताए । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँगको टेलिफोन वार्तामा उनको यो भनाइ राखेका थिए । इरानले दबाब, धम्की वा नाकाबन्दीको छायामा इरानले वार्ता नगर्ने उनको भनाइ छ । जबसम्म अमेरिकाले आफ्नो दबाब र कार्यहरू बन्द गर्दैन, विश्वास पुनर्स्थापित गर्न र वार्ता अगाडि बढाउन गाह्रो हुने उनले बताए ।
Go to News Site