नेपाललाई ‘सम्पर्क पूर्वाधार केन्द्र’ बनाउने सपना नयाँ होइन । पछिल्ला वर्षमा यो अवधारणा राजनीतिक नारादेखि कूटनीतिक बहससम्मको केन्द्रविन्दु बनेको छ । विश्वका दुई उदाउँदा शक्ति चीन र...