Lokantar
नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक बासना थापा र सचेतक निश्कल राईलाई बनाउने तयारी गरेको छ । संसदीय दलको नेता भीष्मराज आङदेम्बेलाई बनाउने सहमति पनि कांग्रेसले गरेको छ । सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक बनाउने सहमति गरेको हो । थापा दैलेखबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् भने राई इलाम १ बाट निर्वाचित सांसद हुन् । लामो समयको रस्साकस्सीपछि कांग्रेसले भीष्मराजलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । सोमबार बसेको संसदीय दलको...
Go to News Site