Lokantar
बाजुराको बडीमालिका नगरपालिकामा भैँसी चराउन गएका एक जना बालकको मृत्यु भएको छ । बडीमालिका नगरपालिका-६ कोर्धको मुनातोला लेकमा मावली घरको भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो । भैँसी चराउन गएका बडुवालले भैँसीको पुच्छरमा डोरी बाँधेर आफ्नो खुट्टामा बाधेपछि भैँसी दौडिएर भाग्न खोज्दा बालकको टाउको ढुङ्गामा लागेर घटनास्थलमै मृत्यु भएको आफन्त युवराज बडुवालले बताए । उनका अनुसार मृतक बालकका आमाबुबा रोजगारीको सिलसिलामा भारतको मुम्बइमा छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्...
Go to News Site