Collector
विश्वकप लिग–२: नेपाल र ओमान भिड्दै | Collector
विश्वकप लिग–२: नेपाल र ओमान भिड्दै
Lokantar

विश्वकप लिग–२: नेपाल र ओमान भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ ।  नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल ओमानसँग खेल्न लागेको हो ।  खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराएको थियो । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ । लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ । यूएईको २२ खेलमा १२ अंक छ र आठौं स्थानमा छ ।

Go to News Site