Collector
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ | Collector
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
Lokantar

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सामा ​जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका- २१ ​परवानीपुर बस्ने सर्लाही घर भएका २१ वर्षीय अरुणकुमार यादव रहेका प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उक्त मुद्दामा वारदातपश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका २१ परवानीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Go to News Site