Lokantar
अमेरिकी राज्य टेक्सासमा एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ । दुर्घटना संयुक्त राज्य अमेरिकाको विम्बर्ली शहरमा भएको थियो । रिपोर्टका अनुसार, सेस्ना ४२१सी बिहीबार राति ११:२५ बजेतिर दुर्घटनाग्रस्त भएको हो । मृतकहरूको नाम अझै सार्वजनिक गरिएको छैन। दुर्घटनाको कारण नखुले पनि अनुसन्धानकर्ताहरूको प्रारम्भिक जानकारीअनुसार उच्च गतिको विमान कतै ठोक्किएको अनुमान छ । संघीय उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले संयुक्त रूपमा घटनाको अनुसन्धान गर्नेछन् ।
Go to News Site