बसाइँसराइ र वैदेशिक रोजगारीको लहरले गाउँमा मलामी पाउन पनि मुस्किल भइसकेको थियो । माइला बा’ले नातीलाई पल्लो गाउँबाट अलि टाँठाबाठा तन्नेरी बोलाउन अह्राए ।