Lokantar
रामेछापमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका ७ बुन्देलडाँडा बस्ने ४१ वर्षीय माझी भन्ने बमबहादुर दमाई छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । बमबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछाप समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Go to News Site