Lokantar
संयुक्त राष्ट्र संघ (एफएओ) का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले विश्व ठूलो खाद्य संकटतर्फ गइरहेको चेतावनी दिएका छन्। उनले हर्मुज जलमार्ग बन्द हुँदा मल आपूर्तिमा गम्भीर असर परेको बताए । युद्ध शुरू भएदेखि, मल आपूर्ति लगभग बन्द भएको छ, जसले गर्दा मूल्य र अभाव बढेको छ। यसले कृषिमा असर पार्नेछ र बाली उत्पादनमा ३० प्रतिशतसम्म गिरावट आउन सक्ने अनुमान छ । यसले खाद्यान्नको मूल्यमा वृद्धि हुन सक्छ । एसियामा रोप्ने मौसम बितिसकेकोले स्थिति बिग्रँदै गइरहेको टोरेरोले बताएको अल जजीराले जनाएको छ ।
Go to News Site