Collector
भरुवा बन्दुकसहित एक जना पक्राउ | Collector
भरुवा बन्दुकसहित एक जना पक्राउ
Lokantar

भरुवा बन्दुकसहित एक जना पक्राउ

हुम्लामा भरुवा बन्दुकसहित एक जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा खार्पुनाथ गाउँपालिका ४ बस्ने ६३ वर्षीय मक्कबहादुर रोकाया छन् । उनलाई १ थान भरुवा बन्दुक, फलामको रडको गोली १२ थान र बारुद ९० ग्रामसहित शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Go to News Site