Onlinekhabar
२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा पार्टीका विभिन्न एजेण्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ । कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।
Go to News Site