Collector
व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश | Collector
व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश
Lokantar

व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश

व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलाशले सोमबार उक्त आदेश गरेको हो । भट्टकी श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गर्दै बन्दीलाई समेत उपस्थित गराउन आदेश गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका भट्टमाथि सम्पत्ति शुद्धीकरण गरेको कसूरअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पटक-पटक म्याद थप गर्दै आएको छ ।

Go to News Site