Lokantar
तनहुँमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका ११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भुलाल सार्की छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूपाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Go to News Site