Collector
राष्ट्रपति पौडेलले गरे दुवै सदनका अधिवेशन आह्वान | Collector
राष्ट्रपति पौडेलले गरे दुवै सदनका अधिवेशन आह्वान
Lokantar

राष्ट्रपति पौडेलले गरे दुवै सदनका अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् । उनले वैशाख २८ गते सोमबार दिउँसो २ बजे सङ्घीय संसद् भवन, सिहंदरबारमा बैठक बस्ने गरी दुवै सदनका अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्तिमार्फत् जानकारी दिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति यही वैशाख २२ गतेको सिफारिसमा सदनको अधिवेशन आह्वान गरेका हुन् ।

Go to News Site