Lokantar
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाहले साँझ ५ बजे बस्नेगरी परिषद् बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको हो । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ । सर्वोच्चको नेतृत्व चयनलाई लिएर सर्वत्र चासो छ । ...
Go to News Site