Lokantar
धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ११:१४ बजे चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।
Go to News Site