Lokantar
तोकिएको मापदण्डभन्दा कम तौल भएको खाने तेल प्याकेजिङ गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक उद्योग सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले विशेष सूचनाको आधारमा अनुसन्धान गर्दा ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित ओमकार आयल इन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने ‘छहारी’ र ‘ओमकार’ ब्राण्डका सनफ्लावर तेलको प्याकेटमा तोकिएकोभन्दा कम तौल रहेको फेला परेको जनाएको छ । प्रहरीका अनुसार एक लिटर र पाँच सय मिलिलिटरका प्याकेटमा कम तौल राखी बजारमा बिक्री वितरण ...
Go to News Site