Lokantar
धनुषाको महेन्द्रनगरमा सुकुम्वासीहरूले सडक अवरुद्ध गरेका छन् । शुक्रबार बिहान उनीहरूले जनकपुर-ढल्केवर सडक अवरुद्ध गरेका हुन् । क्षिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना निकालेपछि उनीहरू आन्दोलनमा उत्रेका हुन् । केही समयअघि नै देखिनै सरकारले सार्वजनिक जग्गा खाली गर्ने अभियान चलाएको छ । काठमाडौंका विभिन्न स्थानमा केही समयअघि अनधिकृत बस्तीमा डोजर चलाइएको थियो । अहिले देशभर सावर्जनिक जग्गा खाली गर्न सूचनाहरू जारी भैरहेका छन् ।
Go to News Site