Lokantar
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सङ्घीय संसद् भवनमा शुरूआत गर्न लागिएको साङ्केतिक भाषा सेवा, ई–हाजिरी प्रणालीलगायतका व्यवस्थाको अवलोकन गरेका छन् । उक्त अवसरमा उपसभामुख रुवीकुमारी र सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेको समेत उपस्थिति रहेको थियो । समावेशी, प्रविधिमैत्री तथा प्रभावकारी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले शुरू गर्न लागिएका यी सेवाहरूले संसद्को कार्यसम्पादनलाई अझ सहज, पहुँचयोग्य र व्यवस्थित बनाउने विश्वास लिइएको छ ।
Go to News Site