Lokantar
दक्षिणी लेबनानमा ठूलो मात्रामा इजरायली आक्रमण भएको छ, जसमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार, मृत्यु हुनेहरूमा एक नागरिक रक्षा उद्धारकर्मी पनि छन्। टायर जिल्लाको तोरा शहरमा दुई हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। इजरायली सेनाको ड्रोनले हसबाया जिल्लाको कफरशुबा र कफरहमाम जोड्ने सडकमा रहेको कारलाई निशाना बनाएको थियो । आक्रमणमा एक नागरिक रक्षाकर्मीको मृत्यु भएको थियो । बिन्त जुबैल र नाबातिया जिल्लाका गाउँहरूमा इजरायली हवाई आक्रमणमा थप पाँच जनाको मृत्यु भएको थियो ।...
Go to News Site