Collector
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि एक हजार रुख कटान गरिँदै | Collector
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि एक हजार रुख कटान गरिँदै
Lokantar

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि एक हजार रुख कटान गरिँदै

 तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागू हुनेगरी प्रसारण लाइनको मार्गधिकारमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुखहरू कटान, मुछान र घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।...

Go to News Site