Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको हो । बैठकका लागि ६ वटा एजेण्डा तय भएको छ । पार्टीका प्रवक्ता मनिष झाले बैठकमा भेला तथा अधिवेशनको विशेष तालिका, आयोग र विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक र विविध विषयमा छलफल हुने जानकारी दिए ।
Go to News Site