Lokantar
धनुषामा आइतबार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् । मिथिला नगरपालिका-९ फुटबल ग्राउन्ड नजिकै पूर्वपश्चिम राजमार्गमा काठमाडौंबाट विराटनगरका लागि छुटेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसले अर्को बसलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई पल्टिँदा बसमा सवार ३३ जनामध्ये १७ जना घाइते भएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको मोडल अस्पताल लालगढ धनुषामा उपचार भइरहेको छ ।
Go to News Site