Lokantar
कहिले फूपू, कहिले माइजू त कहिले ममीको साथी भन्दै स्कूले बालबालिकाले लगाएका गहना चोर्ने गरेको आरोप लागेकी महिला १९औं पटक पक्राउ परेकी छन् । बच्चालाई जुस, आइसक्रिम र बिस्कुट खुवाएर विश्वास जित्ने अनि क्षणभरमै कानको सुन चोरी गरेर फरार हुने गरेको आरोपमा पक्राउ परेकी ती महिला हुन्, अम्बिका पुलामी मगर । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अम्बिका हाल पुन: प्रहरी हिरासतमा छिन् । बालबालिकालाई लक्षित गरेर चोरी गर्ने शैलीमा उनी यसअघि पनि पटक–पटक पक्राउ परिसकेकी छन् । प्रहरीका अनुसार यो उनको १९ औँ गिरफ्तारी हो ।...
Go to News Site