Lokantar
इरानले अमेरिकाको पछिल्लो शान्ति प्रस्तावको जवाफ पाकिस्तानमार्फत पठाएको छ । इरानी सरकारी प्रसारक आइआरआईबीका अनुसार तेहरानले पाकिस्तानी मध्यस्थकर्तामार्फत आफ्नो प्रतिक्रिया पठाएको हो । जवाफमा इरान र उसका सहयोगी समूहहरूमाथिको आक्रमण रोक्नुपर्ने, विशेषगरी लेबनानमा युद्ध अन्त्य गर्नुपर्ने तथा ‘ढुवानी सुरक्षा सुनिश्चित गर्नुपर्ने’ विषयलाई प्राथमिकतामा राखिएको बताइएको छ । शनिबार राति इरानी ड्रोनले खाडी क्षेत्रका विभिन्न लक्ष्यमा आक्रमण गर्ने चेतावनीबीच अमेरिकाले इरानसँग शान्तिका लागि पठाएको प्रस्तावको जवाफ आएको हो । ...
Go to News Site