Lokantar
टर्कीको इस्तानबुलबाट २७३ यात्रु र ११ जना चालक दलका सदस्य बोकेर आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टिके७२६ नम्बरको उक्त विमानको टायरमा अचानक आगो लागेको थियो । त्यसपछि सुरक्षा सावधानीका लागि विमानस्थलको धावनमार्ग (रनवे) केही समयका लागि पूर्ण रूपमा बन्द गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार अवतरणको क्रममा टायरमा आगो सल्किएलगत्तै दमकलको सहायताले त्यसलाई नियन्...
Go to News Site