Collector
करिब दुई घण्टापछि विमानस्थलबाट उडान शुरू | Collector
करिब दुई घण्टापछि विमानस्थलबाट उडान शुरू
Lokantar

करिब दुई घण्टापछि विमानस्थलबाट उडान शुरू

टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको छ ।  जहाजमा देखिएको आगो निभाउने, उद्धारलगायत कामले रोकिएको उडान-अवतरण करिब दुई घण्टापछि पुनः सुचारु भएको हो ।  इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा आगो देखिएको थियो । त्यसपछि यात्रुलाई आकस्मिकरूपमा बाहिर निकालिएको थियो । सबै यात्रु सकुशल छन् ।   

Go to News Site