Lokantar
सरकारले सबै आर्थिक कारोबारलाई नगदरहित बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै आर्थिक कारोबार नगदरहित बनाइने बताएका हुन् । सरकारले अब सबै कारोबारलाई डिजिटल बनाउने घोषणा कार्यक्रम अघि सारेको हो ।
Go to News Site