Lokantar
चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले आज चालु आवको नौ महिनाको विवरण सार्वजनिक गरेको थियो । सो विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा पाँच अर्ब १० करोडले बचतमा छ । समीक्षा अवधिमा चालु खाता छ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधि...
Go to News Site