Collector
विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डसँग खेल्दै | Collector
विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डसँग खेल्दै
Lokantar

विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डसँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको ओडीआई शृंङ्खला आजदेखि शुरू हुँदै छ । शृङ्खलाको पहिलो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ ।  नेपाल र स्कटल्यान्डबीचको खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । लिग २ को अंकतालिकामा अमेरिका र स्कटल्यान्ड शीर्ष २ मा भएका टोलीहरू हुन् । अमेरिकाले २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंकका साथ दोस्रोमा छ । नेपालले भने २४ खेलमा १८ अंक मात्र जोडेर सातौं स्थानमा छ ।  

Go to News Site