Lokantar
आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । स्कटल्याण्डका कप्तान रिचि बेरिङटनले टस जितेर ब्याटिङ रोजेका हुन् । विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको ओडीआई शृंङ्खला आजदेखि शुरू भएको हो । लिग २ को अंकतालिकामा अमेरिका र स्कटल्यान्ड शीर्ष २ मा भएका टोलीहरू हुन् । अमेरिकाले २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंकका साथ दोस्रोमा छ । नेपालले भने २४ खेलमा १८ अंक मात्र जोडेर सातौं स्थानमा छ ।
Go to News Site