Collector
अर्घाखाँचीमा बस दुर्घटना, २५ जना घाइते | Collector
अर्घाखाँचीमा बस दुर्घटना, २५ जना घाइते
Lokantar

अर्घाखाँचीमा बस दुर्घटना, २५ जना घाइते

अर्घाखाँचीको पाणिनिमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस बीसीले जानकारी दिए । ध १ ख ५०४ नम्बरको रिजर्भ बस सुपादेउराली दर्शनका लागि आएको पाणिनि गाउँपालिका ८ दुर्गाफाटमा दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घाइतेको उद्धार गरी अस्पताल पठाइएको डीएसपी बीसीले बताए ।

Go to News Site