Lokantar
प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार पदमुक्त गरेका हुन् । सभामुख अर्यालले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐनअनुसार राईलाई हटाउन भन्दै सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राईलाई अघिल्लो संसद्का सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सचिव नियुक्त गरेका थिए ।
Go to News Site