Lokantar
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक एक घण्टा बितिसक्दा पनि शुरू हुन सकेको छैन । प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नहुँदा विपक्षी दलहरूले विरोध गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । बैठक अगाडि बढाउने विषयमा अहिले सभामुख अर्यालको कार्यकक्षमा परामर्श भइरहेको छ । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू गर्ने कार्यसूची थियो ।
Go to News Site