Lokantar
आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शनिबार अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकी टोलीले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी शृंखलामा नेपाल र अमेरिका दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएका थिए । यस खेलबाट ईशान पाण्डेले डेब्यु गर्दैछन् भने कुशल भुर्तेलले कमब्याक गरेका छन्।
Go to News Site