Lokantar
समस्याग्रस्त सहकारी संस्थामा अलपत्र परेको बचत फिर्ता प्रक्रिया सुरु भएको छ । सहकारी व्यवस्थापन समितिका अनुसार सोमबार साना बचतकर्तालाई प्राथमिकतामा राख्दै पहिलो चरणको रकम फिर्ता सुरु गरिएको हो । पहिलो दिन तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएको समितिका अध्यक्ष डिल्लीराज आचार्यले बताए । तीमध्ये कान्तिपुर सहकारीका २१५ जना, शिबशिखर बहुद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात जना बचतकर्ता रहेका छन् । गोरखापत्रमा खबर छ ।
Go to News Site