Lokantar
कास्कीको पोखरा महानगरपालिकाको अमरसिंह चोकस्थित अतिक्रमित संरचनामा डोजर चलाइएको छ । महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाएको हो । डोजर चलाएको ठाउँमा मेयर धानराज आचार्य निरीक्षण गर्न पुगेका थिए । महानगरले जेठ १–३ सम्म तीन दिन लगातार माइकिङ गरी नगरवासीलाई जानकारी गराएको थियो ।
Go to News Site