Lokantar
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानी (पासपोर्ट)सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाका अजित श्रेष्ठ छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले आज दिउँसो पक्राउ गरेको हो । विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी नेपाल एयरलाइन्सको उडानमार्फत् भारतको दिल्ली जान लागेका थिए । थप अनुसन्धानका लागि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको छ ।
Go to News Site