Lokantar
प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो । मंगलबार नै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो । उनले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । समितिले उजुरीकर्तासँग पनि मंगलबार नै छलफल गरेको थियो ।...
Go to News Site