Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहोराले देशको अर्थतन्त्र बलियो बनाउन किसान र कृषि क्षेत्रलाई बचाउनु पर्ने बताएका छन् । किसानको खेत सुक्खा हुँदा देशको भविष्य कमजोर हुने उनको भनाइ छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा रास्वपा सांसद बोहोराले यसवर्षको मनसुनमा कम पानी पर्ने पूर्वसूचना आएकोले किसानलाई राहत दिन सरकारले सोही अनुसार तयारी गर्नुपर्ने बताएका हुन् । ‘यसपटक मनसुनको समयमा कम पानी पर्ने पूर्वानुमान आएको छ । त्यसो हुँदा खेतमा पानी कम हुनेछ, धान रोपाइँ ढिला हुनेछ । वनमा डढेलो ...
Go to News Site