सप्तकोशीको मध्यभागबाट बहने नदी हो– लिखु । यो रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला भएर बहन्छ । लिखु उपत्यका अनेकौँ प्राकृतिक छटाले पूर्ण छ । यो नदी शिरपुछार अन्दाजी ७५ किलोमिटर जत...