Lokantar
नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङको सहयोग नलिने घोषणा गरेको छ । आइतबार सम्पन्न एमाले सचिवालय बैठकले गुरुङको सहयोग नलिने र अब पार्टीकै पहलमा मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने निर्णय गरेको हो । यसअघि गुरुङको सहयोगमा कीर्तिपुरमा पार्टी कार्यालय बनाउने भनेर एमालेले शिलान्यास नै गरेको थियो । तर, उक्त शिलान्यालको एमालेभित्रैबाट विरोध भएको थियो । अहिले आएर एमालेले गुरुङलाई धन्यवाद दिँदै अब उनको सहयोग नलिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
Go to News Site